भुलौं कसरी ?

नवलपुर | फागुन २, २०८०

भुलौं कसरी ?

जीवनका कहानी अनेकौं होलान्

प्रेमका परिभाषा र पात्र पनि धेरै होलान्

तर हामीबीच सम्बन्ध सधैं हामी नै रहन्छौं 

हामी नै हुन्छौं चाहे जीवनले नयाँ अध्याय शुरु गरोस्

या नयाँ बोटो रोजोस् !

सदियौं पुरानो प्रेमिल यात्राको पनि पूर्णविराम रहोस् यद्यपि जिवन्त प्रेम गर्न पाइयोस आशातीतमा म...

 

हुन्थ्यौ भने तिमी 
गणित किताबको फर्मुला
म उहिल्यै भुलिसक्थे
हुन्थेउ भने तिमी 
विज्ञान किताबको परिभाषा
म उहिल्यै भुलिसक्थे

 

हुन्थेउ भने तिमी
आमाले गरेको गाली
बा’ले कुटेको क्षण
म उहिल्यै भुलिसक्थे तिमीलाई

तर ...

तिमी त हौ बेस्सरी दुखेको दिन

बेस्सरी रोएको रात
तिमी त हौ मुटु छेडेको सम्झना
श्वास अँठ्याउने याद...

 

अब भन
कहिले मनको मझेरीमा
कहिले मस्तिष्कको आँगनमा
र कहिले कलेजीको गुन्द्रीमा
वर्षौदेखि नाची बसेकी तिमीलाई

 

म भुलौं कसरी..?

 

-इश्वरजंग गाहा थापामगर  (कावासोती -२, नवलपुर)

काठमाडौं:   निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता– २०८२ मा केही नयाँ व्यवस्था ...

थप पढ्नुहोस्

पोखरा:  लेखनाथ उद्योग वाणिज्य सङ्घले गण्डकी प्रदेशमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण कार्यलाई प्राथमिकता दिन माग गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ । सङ्घकी अध्यक्ष...

थप पढ्नुहोस्

काठमाडौं:  नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म ...

थप पढ्नुहोस्